धनगढी,कात्तिक ३०
शैल्यशिखर
नगरपालिका -६ दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते
छन् ।
शैल्यशिखर
नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
भएकाे प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतले
दुर्घटनामा ६ जनाको मृत्यु भएकाे बताए । मृतकको सनाखत हुन बाँकी छ ।
उनकाअनुसार
अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खाेजी
भइरहेको छ ।
जिप बिहान
४ बजेतिर दुर्घटनामा परेको हाे ।
प्रहरीकाअनुसार
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी
बाेकेको जिप दुर्घटनामा परेको हाे ।जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको
कारण भने खुलेको छैन ।
२९ कार्तिक २०८१, शुक्रबार ०७:०३ मा प्रकाशित