नेपाल एसीसी वुमन्स यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल प्रवेश

Jhalkonepal

काठमाण्डौं, पौष २

नेपाल समूह उप विजेता बन्दै एसीसी वुमन्स यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।पाकिस्तान रहेको समूहमा नेपालले दोस्रो खेलमा भारतसँग अंक बाँडेको हो ।  भारतसँग अंक बाँडेपनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बन्यो । 

भारत र नेपालले समूहबाट समान तीन तीन अंक बटुलेका छन् । पाकिस्तान अंक विहीन भएर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । 

भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले २५ र अलिसा यादवले २० रन बनाउनु बाहेक अन्यको प्रर्दशन खराब रह्यो । अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

भारतकी पारुनिका सिसौदाले नेपालको ४ विकेट लिइन्। जवाफी ब्याटिङ थालेको भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाएको थियो । त्यसपछि वर्षाले खेल रोकियो र दुवै टिमले समान एक एक अंक बाँडेका थिए । नेपालले अब समूह बीको विजेता बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । 

समूह बीबाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतिक्रिया