आईपीएल: चेन्नई सुपर किंग्स ५० रनले पराजित

Jhalkonepal

काठमाण्डा, चैत १६

आईपीएल १८ को आठौं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई ५० रनले पराजित गरेको छ।

शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्सलाई जितका लागि २० ओभरमा १९७ रन बनाउनुपर्ने चुनौती थियो। तर उसले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो।

रोयल च्यालेन्जर्स बेंगलुरुका लागि जोश हेजलवुडले तीन विकेट लिए। यश दयाल र लिभिङस्टोनले दुई-दुई विकेट लिए।

 चेन्नई सुपर किंग्सले टस जितेर रोयल च्यालेन्जर्स बेंगलुरुलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो।
आईपीएल १८ को आठौं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई ५० रनले पराजित गरेको छ।

शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्सलाई जितका लागि २० ओभरमा १९७ रन बनाउनुपर्ने चुनौती थियो। तर उसले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो।

चेन्नई सुपर किंग्सका लागि रचिन रवीन्द्रले सर्वाधिक ४१ रनको इनिङ खेले।

रोयल च्यालेन्जर्स बेंगलुरुका लागि जोश हेजलवुडले तीन विकेट लिए। यश दयाल र लिभिङस्टोनले दुई-दुई विकेट लिए।

यसअघि चेन्नई सुपर किंग्सले टस जितेर रोयल च्यालेन्जर्स बेंगलुरुलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो।

रोयल च्यालेन्जर्स बेंगलुरुले २० ओभरमा सात विकेट गुमाउँदै १९६ रन बनायो।

रोयल च्यालेन्जर्स बेंगलुरुका लागि कप्तान रजत पाटीदारले ३२ बलमा ५१ रनको इनिङ खेले भने नुर अहमदले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए

प्रतिक्रिया