डिआइजी चन्दको सरूवा

Jhalkonepal


काठमाडाैं, माघ २६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको सरूवा भएको छ।

 डिआइजी चन्दकाे  प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा भएकाे हाे । उहाँको काज सरूवा भएको हो।

माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भएको थियो।

विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको हातपातको घटनापछि चन्द असन्तुष्ट भएर राजीनामा दिनुभएकाे थियाे । प्रधान कार्यालय मानव स्रोत विभागले उहाँको राजीनामा फिर्ता गरेको थियो। उहाँलाई १० दिनका लागि बिदामा बस्न भनेको थियो। 


प्रतिक्रिया