काठमाण्डौं, असोज ८
२२ बर्स देखि शैक्षिक परामर्शको सेवा दिदै आएको युनिक्याम्पस ग्लोबलले नयाँ बानेश्वरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बानेश्वर शाखाको युनिक्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) घनश्याम घिमिरेले उद्घाटन गरेका हुन।
युनिक्याम्पस ग्लोबलका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार विदेशबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको सपना साकार पार्दै आएको यस क्याम्पसले विद्यार्थीको सेवालाई थप प्रभावकारी र सहज बनाउन नयाँ बानेश्वरमा आफ्नो शाखा विस्तार गरेको हो ।
२२ बर्स देखि यस क्षेत्रमा काम गर्दै आएको युनिक्याम्पसले अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यु जिल्यान्ड, क्यानडालगायत विश्वका विभिन्न मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई जान सहयोगी भूमिका खेल्दै आएको छ श्रेस्ठले बताउनु भयो ।
अल्फाबिटा कम्प्लेक्स संगै जोडिएको भबनमा सुरु भएको युनिक्याम्पसको नयाँ बानेश्वरको शाखामा पनि पुतलीसडकमा रहेको प्रधान कार्यालय जस्तै सबै खालका तयारी कक्षाहरू समेत सञ्चालन हुनेछन् । नयाँ शाखा खुलेको अवसरमा आगामी दुई दिनसम्म आउने सबै विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट दिइएको छ ।