राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव नियुक्त

Jhalkonepal

काठमाडौं, असार ७

 

सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

यस्तै प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको पनि उनले बताए । 

प्रतिक्रिया