काठमाडौं, साउन २६
दक्षिण कोरियामा भएको १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर्णसहित ७ पदक जितेको छन् ।
‘ए’ लिग को सिनियर यु ३० इन्डिभिजुयलमा पुरुषमा अस्मिन राउतले रजत र महिला निशा दर्नालले कास्य पदक जितेकी छिन्। निशा र अस्मिनको जोडीले कास्य पदक जित्यो ।
‘बी’ लिगको सिनियर इन्डिभिजुयलले महिलामा सिता तामाङ र पुरुषमा अन्जन चौधरीले स्वर्ण पदक जितेका छन्। सिता र अन्जनको जोडीले स्वर्ण पदक जितेको छ। सिनियर इन्डिभिजुयल महिला रमिला तामाङले रजत पदक जितेकी छिन्।
२६ साउन २०८२, सोमबार ०६:३३ मा प्रकाशित