ब्राउनसुगर सहित झापा र मोरङमा ५ जना पक्राउ

Jhalkonepal

     झापा, भदौ २६ 

झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।  ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । यसैगरी सोही समयमा झापाकै बिर्तामोड नगरपालिका १ कंचनजंघा टोल स्थित बिमला होटल एण्ड लज संचालन गरि बस्ने होटल संचालिका ४० बर्षीया बिमला मोक्तान र  भद्रपुर नगरपालिका ७ को २९ बर्षीय रुजन चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो । लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको सुचना प्राप्त भएपछि  ईलाका प्रहरी कार्यालय अनामनी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।यस्तै

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको पथरीशनिश्चरे नगरपालिका (४ का ३८ बर्षीय धन बहादुर थापा र सप्तरीका १९ बर्षीय शिवम गुप्ता रहेका छन । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी  कार्यालय पथरीबाट  खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित थापालाई पथरी शनिश्चरे नगरपालिका ४ शिरिसे डाँडाबाट पक्राउ गरेको हो ।  यसैगरी  लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ बाट  लागुऔषध ब्राउनसुगर सहित सप्तरीका गुप्तालाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।


प्रतिक्रिया