राष्ट्रिय महिला क्रिकेट टिमकी ओपनर ज्योति पाण्डे द्धारा क्रिकेटबाट सन्न्यास

Jhalkonepal

काठमाडौं, पुस १८

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यास लिएकी छिन् ।

बुधबार सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेटमा  आफू आबद्ध सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले  टी–२० राष्ट्रिय प्रतियोगिताकाे उपाधि जितेसँगै उनले सन्न्यास लिएकी हुन् ।

प्रतियोगिताको फाइनलमा एपीएफले कोसी प्रदेशसलाई ११ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले उपाधि जित्दा ज्योति टिमकी महत्वपूर्ण सदस्य बनेकी थिइन् ।

ज्याेति पाण्डेले टी–२० अन्तर्राष्ट्रिय खेलमा २ सय १० रन बनाएकी छिन् । उनले सन् २०१६ मा कतारसँगकाे खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय खेलमा अन्तिम पटक सन् २०२१ मा कतारसँगकाे खेलमा खेलेकी थिइन् । ज्योतिले सन् २०११ देखि लगातार एपीएफबाट खेल्दै आएकी थिइन् ।

 




प्रतिक्रिया