नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

Jhalkonepal

काठमाढडैं , फागुन १६

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनल यात्रामा पुगेको छ । हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो  । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो ।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले  साम्बाले  गोल गरेकी हुन् । पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

 

प्रतिक्रिया