काठमाण्डाै , चैत ९
नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । प्रदीप भट्टराई निर्देशित याे चलचित्र नेपाल सहित विश्वका ४० देशका २ सय ५० वटा सहरमा
प्रदर्शनम आएको निर्माण पक्षले जनाएको छ ।
यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दिव्य देव, शिशिर बाङ्देल लगायतको अभिनय रहेको
छ । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा म्याक्स
दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् ।
'महाजात्रा' तेस्राे शृङ्खलाका रूपमा आएकाे हो ।
८ चैत २०८०, शुक्रबार ०१:३८ मा प्रकाशित