काठमाडौं, फागुन २६
नेपाल हङकङसँग २ रनले
पराजित भएको छ। युगान्डामा जारी चार देशीय शृङ्खला अन्तर्गत
हङकङसँको खेलमा नेपाल २ रनले पराजित भएको हो।
हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित
ओभरमा ९८ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन
बनाइन्। त्यस्तै पूजा महतोले १९, बिन्दु रावलले १४
र साना प्रविनले १० रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको
खेलमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो। हङकङका लागि नाताशाले सर्वाधिक ३५ रन
बनाएकी थिइन्।
२५ फाल्गुण २०८१, सोमबार ०८:४६ मा प्रकाशित