काठमाडौँ, पुस २६
सुनको मूल्य हिजोको तुलनामा सामान्य वृद्दी
भएको छ ।
बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ
भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी
महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने
सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।
२५ पुस २०८१, शुक्रबार ११:३४ मा प्रकाशित