ओमान ११७ रनमा अलआउट

Jhalkonepal

काठमाण्डौ, बैशाख १

युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।

युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो । जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

प्रतिक्रिया