काठमाण्डौं, चैत्र ३
आज नेप्से २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा बन्द भएको छ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।
आइतबार कारोबार रकममा पनि गिरावट आएको छ। गत कारोबार दिन अर्थात् बुधबार आठ अर्ब २३ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४० करोड रूपैयाँ कमी आएको हो।
आज ३१६ वटा धितोपत्रको एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ८.१९ प्रतिशतले बढेको छ।
१ चैत २०८१, आईतबार ०३:३६ मा प्रकाशित