बागमतीमा प्रदेश सरकारमा ४ मन्त्रीले पाए जिम्मेवारी

Jhalkonepal

हेटौडा, सावन १२

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै जिम्मेवारी तोकेका छन । नयाँ जिम्मेवारी अनुसार कांग्रेसका ४ जनाले मन्त्रीपदको शपथ लिएका छन् ।

सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गी,  आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुरजचन्द्र लामिछाने,  युवा तथा खेलकुद मन्त्रालयमा मिनकृष्ण महर्जन र  संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा विमल ठकुरीले मन्त्रीको जिम्मेवारी पाएका छन । 


प्रतिक्रिया