अमेरिकाको इलिनोइस राज्यमा चक्कु प्रहार गरी चार जनाको हत्या , सात जना घाइते

Jhalkonepal


 काठमाडौं , चैत १५ 

अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले चक्कु प्रहार  गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी सात जना घाइते छन् ।

समाचार एजेन्सीका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए ।चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया