खेलकुद ब्यूरो, असोज १८
विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिलैण्डले विजयी शुरुवातग गरेको छ । अहमदावादमा आजएको पहिलो खेलमा डिफेन्डिंग च्याम्पियन इंग्लैण्डलाइ ९ विकेटले पराजित गर्दै न्युजिलैण्डले प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
टस जितेर न्यूजिलैण्डले पहिले फिल्डिंग रोजे पछि इंग्लैण्डले निर्धातिर ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो । इंग्लैण्डका तर्फबाट जोय रुटले सर्वाधिक ७७ रन बनाए भने जोस बटलरले ४३ रनको योगदान गरेका थिए । न्यूजिलैण्डका तर्फबाट बलिंगमा मेट हेर्नीले ३ विकेट लिए भने, ग्लेन फिलिप र माइकल सेनेटरले २,२ विकेट लिएका थिए ।
२८३ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको न्यूजिलैण्डले ३६.२ ओभरमा नै विजय लक्ष्य पुरा गरेको थियो । न्यूजिलैण्डको तर्फबाट आक्रमक ब्याटिंग गर्दै ओपनर डेभोन कन्वेले १५२ रनको सतकिय पारि खेले, कन्वेलाइ रचिन रविन्द्रले पनि १२३ रनको सतकिय पारि खेल्दै अर्को साइडबाट सघाएका थिए । दोस्रो ओभरको पहिलो बलमा १० रनको स्केरमा ओपनर वील यंगलाइ शुन्य रनमा गुमाए पनि न्यूजिलैण्डले त्यसपछि कुनै विकेट गुमाएन । इंग्लैण्डको तर्फबाट एकमात्र विकेट शेम करनले लिएका थिए ।
प्रतियोगितामा भोली पाकिस्तान र नेदरलैण्ड विच प्रतिस्पर्धा हुनेछ ।