फर्कियो नेपाली राष्ट्रिय महिला फुटबल टिम

Jhalkonepal

काठमाडौं, असार २३

नेपाली राष्ट्रिय महिला फुटबल टिम आज स्वदेश फर्किएको छ ।

एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेल खेलेपछि आज बिहान स्वदेश फर्किएको हो ।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले विमानस्थलमा स्थागत गरे ।

उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।

प्रतिक्रिया