अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैतको १४ देखि १८ गतेसम्म सञ्चालन हुँदै

Jhalkonepal

काठमाडौँ, चैत ६

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ । रष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उदेश्य सहित महिला उद्यमी महासङ्घ नेपालले पाँच दिने ८औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । 

महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा विक्री वितरण हुने जानकारी दिइन् । 

उनकाअनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तरराष्ट्रिय गरी छ प्रकारका स्टलहरू रहने छ  । जम्मा एक सय ४४ वटा बिक्री स्टल, दुई वटा ‘प्याभिलियन’ रहने र ८२ वटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीलाई उपलब्ध गराउने बताइएको छ । 


प्रतिक्रिया