संसद्‌ सुचारू , माओवादी अवरोध हट्यो

Jhalkonepal

काठमाडौँ, भदाै ३१

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा जाने र महत्वपूर्ण विधेयकहरू अघि बढाउनुपर्ने आवश्यकतालाई बोध गर्दै प्रमुख विपक्षी मा‌ओवादीले संसद्‌ सुचारू गर्न दिएको छ 

प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादीका शक्ति बस्नेतले पार्टीको धारणा राख्दै बैठक सञ्जालन गर्न दिने पार्टीको धारणा सुनाएका थिए 

माओवादीले माओवादी जनयुद्धलाई हिंसा भनि एमाले नेता योगेश भट्टराईले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै सदन अवरोध गरेको गरेको थियो । तर माओवादीले सोमबार संसद् अधिवेशन नै अन्त्य हुने भएकाले आफ्नो धारणा राख्दै अवरोध हटाउने निर्णय गरेको हो 'हिंसालाई असंसदीय शब्दको रुपमा नभइ अपमानजनक शब्दको रुपमा लिएका छौं । यो सरकारको विचार हो कि दलको विचार हो त्यसबारे जवाफ माग गर्छौं' बस्नेतले भने 

प्रतिक्रिया