काठमाण्डौ ,भदौ १५
यूईएफए पुरुष वर्ष खेलाडीको उपाधि म्यानचेस्टर सिटीका एर्लिङ हालान्डल र महिलातर्फ बार्सिलोना र स्पेनकी आइटाना बोनमाटीले जितेका छन ।
यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि म्यानचेस्टर सिटीका एर्लिङ हालान्डलले जितेका छन । लियोनल मेस्सीलाई पछि पार्दैे उनले यो उपाधि जितेका हुन । मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो उपाधि प्रदान गरिएको छ । यूईएफए पुरुष वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, हालान्ड र केभिन डी ब्रुइन रहेका थिए । गएको सिजन सिटी पुगेका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जिताएका थिए । उनले गएको सिजनमा क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए ।
यस्तै, महिलातर्फ बार्सिलोना र स्पेनकी आइटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत छनौट भएकी थिइन् । म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड हात पारे । उत्कृष्ट महिला प्रशिक्षकमा इंग्ल्यान्डकी सरिना विगमनले उपाधि जितेकी छिन ।