काठमाडाैं, साउन,३०
मंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व भएको छ ।
राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।
२९ साउन २०८१, बुधबार ०८:३४ मा प्रकाशित