क्रिसमसले राष्ट्रिय एकतालाई अझै सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

Jhalkonepal

काठमाडौं, पुस ९

राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसले राष्ट्रिय एकतालाई अझै सुदृढ तुल्याउन सहयोग पुग्ने बताउनुभएकाे छ।

क्रिसमसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभयाे ।

राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयाे।

विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उहाले बताउनुभएकाे छ ।

प्रतिक्रिया