काठमाडौं, फागुन २०
अस्ट्रेलियाले नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्दी भारतलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६४ रन जोडेको हो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङको योगदान गरे । ९६ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए ।
यसैगरी एलेक्स क्यारीले ५७ बलमा ८ चौका र एक छक्काको मदतमा ६१ रन जोडे । खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि उनीहरुको यो अर्धशतक निकै महत्वपूर्ण रह्यो । यसअघि ओपनर कुपर शून्यमै आउट हुँदा ट्राभिस हेडले ३९ रन जोडेका थिए । मार्नुस लाबुस्चाग्नेले २९ रन, बेन द्वारशुइसले १९ रन जोडे ।
१९ फाल्गुण २०८१, मङ्गलबार ०६:३५ मा प्रकाशित