बढ्यो सेयर बजार

Jhalkonepal

काठमाण्डौ, सावन ८

विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ ।

बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । २९९० अंकमा पुगेको नेप्से दिउँसो १ :२३ बजे २९६४ अंकसम्म झरेको थियो । उतारचढावपूर्ण बजारमा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोडको भयो ।

१२३ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो । आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढे ।

प्रतिक्रिया