सुर्खेत, असार ९
भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१
तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ , भने अन्य छ जना घाइते भएका छन् ।
शनिबार राति ११ बजे खोलामा माछा
मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको
मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो । मृतक
रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।
बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।
९ असार २०८१, आईतबार ०७:२९ मा प्रकाशित