काठमाडौं, असार ७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् ।
उनी चियापान कार्यक्रममा सहभागी हुन रास्वपा
केन्द्रीय कार्यालय बसुन्धारा, घण्टीघरमा पुगेका हुन् ।
रास्वापले पार्टी स्थापना दिवसको अवसर पारेर चियापान समारोह आयोजना गरेको हो । चियापानमा पूर्वप्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् ।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसका प्रमुख
सचेतक रमेश लेखक, दिलेन्द्र प्रसाद बडू,
एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् ।
७ असार २०८१, शुक्रबार ०३:०३ मा प्रकाशित