सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Jhalkonepal

काठमाडाैं, जेठ ९

 जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकता दुरुपयोग उजुरीमा हिजो पक्राउ परेका सिरोहियालाई जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले पक्राउ परेको मितिदेखि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले सिरोहियालाई हिजो काठमाण्डौको थापाथलीमा रहेको कान्तिपुर पब्लिकेसन्सकाे केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको हो । 

प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरेको आशङ्का गरेको छ । 

प्रतिक्रिया