काठमाडौँ, पुस ६
राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।
त्यसअवसरमा उहाँहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिनुभएकाे बताइएकाे छ ।
५ पुस २०८०, शुक्रबार ०१:४९ मा प्रकाशित