काठमाडौँ, माघ १८
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो।
निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको छ।
१७ माघ २०८१, शुक्रबार १०:१४ मा प्रकाशित