काठमाडाैं, भदाै १७
नेकपा एमालेले गण्डकी प्रदेशमा ४ जना मन्त्रीको नाम टुङ्ग्याएको छ । एमालेबाट नवलपुरकी पद्मा जिसी, बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालको नाम मन्त्रीका लागि टुङ्गो लागेको एमालेले जनाएकाे छ । उहाँहर सबैको आजै शपथ लिने तयारी रहेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कार्यक्षेत्र टुङ्ग्याउँदै सङ्ख्या पनि नौ बनाएपछि एमालेले मन्त्री हुनेको नाम टुङ्गो लगाएको हो । २२ जना प्रदेशसभा सदस्य रहेका गण्डकीमा एमालेबाट मन्त्री हुनेमा धेरै जना आकाङ्क्षी थिए ।
१६ भदौ २०८१, सोमबार १२:५८ मा प्रकाशित