विमान दुर्घटनामा पर्दा होस्टेलमा रहेका ४९ जनाको मृत्यु, मृतकको संख्या २९१ पुग्यो

Jhalkonepal

काठमाण्डौ, जेठ ३०

भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा पर्दा होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु हुने कुल संख्या कम्तीमा २९० पुगेको छ ।

अहमदावादबाट लन्डनं जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरू बसेको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो । 

प्रहरीका अनुसार मृतक संख्यामा विमानमा सवार यात्रु र जमीनमा भएका अन्य व्यक्तिहरू समावेश रहेको सीएनएनले जनाएको छ ।

एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न. १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ । एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएका छन् । 

बाँकी मृतक होस्टेल भवन र जमिनमा भएका अन्य व्यक्तिहरू हुन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।

गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको थियो ।

प्रतिक्रिया