भारतीय चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन

Jhalkonepal

काठमाडाै , फागुन १४

चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा  निधन भएको छ ।

उहाँको निधनको जानकारी उहाँकी छोरी नायबले सामाजिक सञ्जालमा इन्सट्राग्राम मार्फत सार्वजनिक गर्नुभएकाे छ । सामाजिक संजालमा एक्स (ट्वीटर) मा पंकज उदासलाई भारतिय सिनेकर्मीहरुले श्रदान्जली ब्यक्त गरिरहेका छन । लामो समय देखि विरामी रहनुभएका  उदासको ७२ वर्षको उमेर मृत्यु भएको हो । भारतमा गजल गायकको रुपमा उहाँलाई अग्रणी रुपमा हेरिन्थ्यो । पंकज उदासले थुप्रैै भारतिय सिनेमाहरुमा गजल गाउनुका साथै संगित समेत दिनुभएकाे छ । 

सन १९५१ मा भारतको गुजराज राज्यको जितपुरमा जन्मीनुभएका पंकज उदासले हिन्दी सिनेमाका लागि कालजयी गितसंगितको योगदान गर्नुभएकाे थियाे ।  उदासले पहिलो पटक सन १९८० मा आहन नामको गजल एल्बम सार्वजनिक गर्नुभएकाे थियाे  । चिठ्ठी आइ है आइ है भन्ने उहाँको चर्चित गजललाई धेरैले मन पराएका थिए । उदासले गजलका साथै धार्मिक गितहरु पनि गाउनुभएकाे थियाे  । उहाँलाई भारत सरकारले प्रख्या पदमश्री पदक समेत प्रदान गरेको थियो । 

 

प्रतिक्रिया