१ हजार ८५६ जना प्रहरी जवान सहित अन्य पदमा भर्ना खुल्याे

Jhalkonepal

 काठमाडौं, माघ २६

प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ ।जसमा भान्छे ५३ जना , हजाम७ जना , कूचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको हे ।

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने प्रहरी प्रधान कार्यालय नक्शालले सार्वजनिक गरेको  सूचनामा उल्लेख छ ।

दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिने जनाइएके छ ।

 

 

प्रतिक्रिया