भदौ १६, २०८०
नेपालमा वायु सेवा सञ्चालन गर्ने कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो ।
संशोधित नयाँ नियम अनुसार अव नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने छ भने हाल सञ्चालनमा रहेका कम्पनीले आगामी पाँच वर्षमा पाँच वटा जहाज पु-याउनुपर्ने नियम पनि जारी भएको छ । यस्तै पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।
१५ भदौ २०८०, शनिवार ०२:१५ मा प्रकाशित