जनकपुरधाम , मंसिर ८
स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन । महोत्तरीकै उनीहरूलाइ सशस्त्र प्रहरीले पक्राउ गरेको हाे ।
बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका ३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षका अनिल चौधरी पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले जनाएको छ ।
दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
७ मङ्सिर २०८०, शुक्रबार ०९:१२ मा प्रकाशित