जाजरकोट भुकम्प : प्रदेश आपत्तकालिन कार्य संचालन केन्द्रका अनुसार ७१ जनाको मृत्यु, मृतकको संख्या १५० बढि भएको स्थानीयको अनुमान

Jhalkonepal


काठमाण्डौं, कार्तिक १८

शुक्रवार राती गएको भुकम्पमा परि जाजरकोट र रुकुमा ज्यान गुमाउनेको संख्या १०० पुग्न थालेको छ । कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालय अन्तरगको प्रदेश आपत्तकालिन कार्य संचालन केन्द्रका अनुसार हाल सम्म जाजरकोटमा ४४ र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै जाजरकोटमा ५५ र रुकुम पश्चिममा ६३ जना घाइते भएका छन । जाजरकोट सदरमुकामका स्थानीय पत्रकारहरुका अनुसार जाजरकोट जिल्लामा मात्रै मात्रै १५० भन्दा बढिको ज्यान गएको अनुमान गरिएको छ । क्षतिको प्रमाणित थप विवरणहरु आउन क्रम चलिरहेको छ । 


भुकम्पले घर भत्काए पछि जाजरकोटको सदरमुकाम खलंगामा थुप्रै पुराना घरहरु भत्किएका छन । नलगाढ नगरपालिकाकी उपप्रमुख सुशिला सिंहको सदरमुकाम स्थित घर भत्किए पछि वहाँको ज्यान गएको पत्रकार टिका विश्वकर्माले बताउनु भयो । वहाँका अनुसार जाजरकोटको कुशे गाँउपालिका, भेरि नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाँउ पालिकामा सबैभन्दा बढि क्षति भएको छ । मानविय क्षतिको संख्या अझ बढ्न सक्ने वहाँले बताउनु भयो । सदरमुकाम खलंगामा खोज तथा उद्दारको कार्य रातिनै शुरु भएको छ भने अन्य स्थानमा पनि टोली पठाइसकिएको छ । 


प्रधामन्त्रीको सचिवालयका सदस्य गोकर्ण प्रशाद भट्टका अनुसार नेपाली सेनाको खोज तथा उद्दार टोलीका १६ जना मेडिकल टोली र आवश्यक सामग्री सहित प्रधानमन्त्री पुष्पकमल दाहाल विहानै घटनास्थल तर्फ जानु भएको छ । 


प्रतिक्रिया