बिहानै ३.६ म्याग्निच्युडको गयाे भूकम्प

Jhalkonepal

काठमाडौं , पुस १४

कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प बिहान पाँच बजेर ९ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको कारण जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन। यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । 

 

प्रतिक्रिया