जय ट्रफी एलिट कप : मधेश प्रदेशले बागमतीलाई १६४ रनको लक्ष्य प्रस्तुत

Jhalkonepal

काठमाडौं, पुस २२ 

जय ट्रफी एलिट कप क्रिकेटमा मधेस प्रदेशले बागमतीलाई १६४ रनको लक्ष्य दिएको छ ।
रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलको दोस्रो इनिङ्समा मधेसले ४३.२ ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनाएको हो ।
मधेस पहिलो इनिङ्समा १०२ रनमा अलआउट भएको थियो । बागतमीले भने आफ्नो पहिलो इनिङ्समा १५० रनमा आउट हुँदा ४८ रनले अग्रता लिएको थियो ।
दोस्रो इनिङ्समा मधेसका लागि मयन यादवले शतकीय पारी खेले । उनी १०८ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १०६ रनमा आउट भए ।
बागमतीका लागि भने सन्दीप लामिछानेले ५ विकेट लिए । सो क्रममा उनले १७ ओभरमा ८८ रन खर्चे । उनले एक मेडन ओभर पनि फाले ।

प्रतिक्रिया