झरना थापा निर्देशित फिल्म एक भागवत र एक गीता भदौ २९ गतेदेखि प्रदर्शन हुने

Jhalkonepal

काठमाण्डौ , भदौ २७ 

झरना थापा निर्देशित फिल्म एक भागवत र एक गीता भदौ २९ गतेदेखि प्रदर्शन हुनेभएको छ।  यो फिल्मको गीत हिजो सार्वजनिक भएको छ।

 ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश झिझिया बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुहाना थापा र विपीन कार्कीलाई देख्न सकिन्छ। 

नेहा प्रियादर्शिनी र प्रवेश मलिकको स्वर रहेको गीतमा प्रवेश मलिकले संगीत भरेका छन्। 

सुनिलकुमार थापा लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ। 


प्रतिक्रिया