सरकारले दिवगंत नेता नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने ,सार्वजनिक बिदा दिने निर्णय

Jhalkonepal

काठमाण्डौ, भदौ २६

सरकारले दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केशिबेर अघि  बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। 

सरकारले उहाको अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

गए राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो। २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख हुनुहुन्थ्यो ।  पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहनुभएका नेम्वाङले  दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेल्नुभएको थियो ।  नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उहाको अन्तिम संस्कार भोलि अपराह्नमात्रै गरिने एमालेले जनाएको छ।

प्रतिक्रिया