जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज मनाइँदै

Jhalkonepal

काठमाण्डौ,जेठ 

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ ।  हरेक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ ।२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि याे दिवस मनाउन थालिएकाे हाे । 

संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । 

दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया