एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

Jhalkonepal

काठमाडौं, पुस २

मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले आज भारतसँग खेल्न लागेको हो ।

समूह चरणमा आज भारतलाई पराजित गरेमा नेपाल समूह विजेताको हैसियतामा सेमिफाइनल खेल्ने छ । नेपाल र भारतबीचको खेल विहान पौने १२ बजेदेखि क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

आईसीसी यू–१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू–१९ विश्वकप र यू–१९ एसिया कपमा छनोट भएको थियो ।

यू–१९ महिला विश्वकप पनि जनवरी–फेब्रुअरीमा हुँदैछ ।

प्रतिक्रिया