सुदूरपश्चिम, साउन १२
उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको
नोभा अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आज चार सेल
अश्रुग्यास प्रहार गरेको छ ।
अस्पतालमा
तोडफोड हुन थालेपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीका
तर्फबाट चार सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले बताएकोछ ।
प्रहरीका अनुसार, “अहिले स्थिति सामान्य अवस्थातिर गइरहेको छ, अस्पताल प्रशासन र मृतक पक्षका
बीच समस्या समाधानका लागि छलफल चलिरहेको छ ।” सशस्त्र प्रहरी बलले पनि केही सेल
अश्रुग्यास प्रहार गरेको थियो ।
चिकित्सकको
लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको तोडफोडबाट अस्पतालमा
क्षति पुगेको छ । कमलपित्त (जन्डिस)भएको भनेर उपचारका लागि अस्पताल पुगेका
कञ्चनपुर जिल्ला, बेलौरी
नगरपालिका–२ का १७ वर्षीय युवक नसिभ चौधरीको हिजो मृत्यु भएको थियो । आफन्तले
उपचारमा गरिएको लापरबाहीका कारण चौधरीको मृत्यु आरोप लगाएका छन् ।
तनावपूर्ण
अवस्थालाई थप बिग्रिन नदिन धनगढीको मुख्य सडकसँगै जोडिएको उक्त अस्पताल आसापसमा आज
दिनभरि नै ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
उपचारमा
संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति
नदिएसम्म शव नउठाने मृतकका आफन्तले बताएका छन् ।