लेबनानमा शान्ति मिसनमा गएका एक नेपाली सैनिकको मृत्यु

Jhalkonepal

 काठमाडौं, माघ १९

संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ ।

लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ ।


प्रतिक्रिया