काठमाडौं, माघ २७
आज
नेप्से परिसूचक ११ दशमलव ४९ अंकले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा
कायम भएको छ ।
आज तीन सय पाँच कम्पनीको एक करोड ५८
लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा आठ अर्ब
३९ करोड ८६ लाख ६० हजार छ सय २८ बराबरको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव २५ र
व्यापार समूह एक दशमलव ३९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३५ र अन्य समूह एक दशमलव ३० प्रतिशतले
घटेको छ । बैंकिङ शून्य दशमलव ३५, होटल तथा पर्यटन शून्य दशमलव २४, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव ७६, म्युचुुअल फन्ड शून्य दशमलव ३४
र निर्जीवन बिमा शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड
र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट
लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर
मूल्य छ दशमलव ५२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज
सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड १६ लाख
८३ लाख तीन सय ९५ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका
आधारमा भने सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको चार लाख
७६ हजार सात सय ७७ कित्ता सेयर किनबेच भएको छ ।