झापा, जेठ २४
अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ ।
तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
उनीहरु आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्याएका थिए । तर, डाक्टरले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
२४ जेठ २०८२, शनिवार ११:३६ मा प्रकाशित