काठमाडौं, माघ ११
राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन चर्चित मेयरले भोट
हालेनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर
हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।
निर्वाचनका
लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।
उपमेयर
सुनिता डंगोल हेटौंडा पुगेर भोट हाल्दा मेयर शाह काठमाडौंमा रहे।
बालेनका
प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह कार्यव्यस्तताको कारणले हेटौंडा नगएको
बताए । उनले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि भोट हालेका थिएनन् ।
यस्तै, धरानका मेयर साम्पाङले पनि भोट हालेनन् । उपमेयर
आइन्द्रविक्रम वेघा मतदानका लागि विराटनगरमा पुग्दा उनी धरानै छन् । उनी धरान
वडा-५ स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी छन् ।
धनगढीका
मेयर हमालले पनि भोट हालेनन् । हमालले भोट हाल्न नगएकोबारे कुनै प्रतिक्रिया दिएका
छैनन् ।