काठमाडौँ, असार १७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो
अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव
२९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन
गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव
७७ मा पुगेको छ । कुल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर दुई अर्ब ९९ करोड ९९
लाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास
कम्पनी नौ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी आठ
दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक सात दशमलव ५२, हिमालयन
बैंकको ऋणपत्र सात दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले सात दशमलव
शून्य सात प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स १०, मैलुङ
खोला जलविद्युत् कम्पनी आठ दशमलव ४४, स्वाभिमान लघुवित्त तीन दशमलव
९७, कुमारी सबल योजना तीन दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका
लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन्